काठमाण्डौ । पाँचथर जिल्लाका स्थानीय तहमा ठूलो रकम बेरुजू देखिएको छ । पाँचथरका आठ स्थानीय निकायमा ७ करोड ३१ लाख ९९ हजार बेरुजू रहेका छन् ।
महालेखापरिक्षक कार्यालयको छपन्नौ बार्षिक प्रतिवेदन अनुसार आ ब ०७४÷७५ मा पाँचथरका स्थानीय तहहरुले यति ठूलो रकम फर्यौैट गर्न नसकेको हो । यो पाँचथर जिल्लाका स्थानीय तहहरुमा विनियोजित कुल रकमको ३.९३ हो ।
पाँचथरका आठ स्थानीय तह मध्ये सबै भन्दा धेरै बैरुजू कुम्मायक गाउँपालिकाको रहेको छ । कुम्मायक गाउँपालिकाको २ करोड १८ लाख ३१ हजार बेरुजू रहेको छ । यति धेरै रकम बेरुजू हुनुमा प्राविधिक कारण रहेको कुम्मायक गाउँपालिकाका प्रशासकिय अधिकृत कमलप्रसाद भट्राईले बताए । उनले बेरुजू देखिएको रकम मध्ये १ करोड ३० लाख फर्यौट भएको तर प्राविधिक कारण लेखापरिक्षण प्रतिवेदनमा समिट गर्न नसकिएको जानकारी दिए ।
कुम्मायकपछि मिक्लाजोङ गाउँपालिकाको धेरै रकम बेरुजू रहेको छ । मिक्लाजोङको १ करोड ३९ लाख १८ हजार बेरुजू रहेको छ ।
त्यस्तै फिदिम नगरपालिकाको ८४ लाख २७ हजार, फालेलुङ गाउँपालिकाको ३८ लाख ९४ हजार, फाल्गुनन्द गाउँपालिकाको ४३ लाख ३१ हजार, तुम्वेवा गाउँपालिकाको ९४ लाख ६३ हजार र याङवरक गाउँपालिकाको ५७ लाख २४ हजार बेरुजू रहेको छ ।
सबै भन्दा कम बेरुजू फालेल्ुङ गाउँपालिकाको ३८ लाख ९४ हजार रहेको छ ।
जिल्लाका स्थानीय तहहरुमा आर्थिक अनुशासन कमजोर भएपनि आफुले नियन्त्र नियमनमा कुनै कदम उठाउँन नसक्ने जिसस पाँचथरका स्थानीय विकास अधिकारी विनोद कुमार दाहालले बताए । उनले भने जिससको काम समन्वय गर्ने मात्र हो । नियन्त्रण नियमन गर्ने अधिकार छैन । कुनै दुई स्थानीय तहमा विवाद आए समन्वय गर्छौ । बेरुजूको विषयमा पनि सामान्य छलफलसम्म गराउँन मात्र सकिन्छ ।
स्थानीय तहमा यतिधेरै बेरुजू देखिनु आर्थिक अनुशासनका हिसाबले गलत रहेको सरोकारवालाहरु बताउँछन् ।
बेरुजू रकम मध्ये झण्डै्र २०÷३० प्रतिशत भ्रष्टाचार हुने तथ्याङकहरुले देखाउने गरेको भन्दै स्थानीय सरकारले आर्थिक अनुशासनलाई विशेष ध्यान दिनु पर्ने नागरिक अगुवा केदार खड्काले बताए ।
प्रतिक्रिया