२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

मुख्य खबर

नेकपाको पहिलो बैठकले ग¥यो जिम्मेवारी बाँडफाँड



नेपाल कम्युनिस्ट पार्टी(नेकपा) इलामको पहिलो सचिवालय बैठकले नै उल्लेखनीय काम गरेको छ । बैठकले पार्टी एकीकरणपछि पनि रिक्त रहेका विभाग र सल्लाहकार कमिटी गठन गरेको छ । नेकपाका २३ विभाग र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरिएको छ । इलामका दुई क्षेत्रमध्ये क्षेत्र नं– १ को पूर्व एमालेका टेकबहादुर राई प्रमुख हुनुभएको छ भने पूर्व माओवादीका राजकुमार राई उपप्रमुख तोकिनुभएको छ । यस्तै क्षेत्र नं–२ मा पनि पूर्व एमालेकै गणेशप्रसाद बराल प्रमुख तोकिनुभएको छ । त्यहाँ उपप्रमुखमा पूर्व मोओवादीका अनिल बराइलीलाई चयन गरिएको छ । नेतृत्व विभाजनपछि नेकपाको महत्वपूर्ण विभाग पूर्व एमालेको भागमा परेको देखिन्छ भने निर्वाचन क्षेत्रको नेतृत्व पनि दुई क्षेत्रमा पूर्व एमालेकै पहुँचमा रहेको देखिन्छ । पार्टीका अर्थ तथा योजना, कृषि तथा भूमि सुधार, कोष तथा लेखा, निर्वाचन विभाग, पर्यटन प्रवद्र्धनलगायतका विभाग पूर्व एमालेको भागमा परेका छन् भने खानेपानी तथा सरसफाइ, स्कुल विभागलागयतका विभाग पूर्व माओवादीको भागमा परेको देखिन्छ । बैठकले ४३ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठनसमेत गठन गरेको छ । उक्त कमिटीको अध्यक्षमा लालबहादुर सुब्बा, सचिवमा तिलकसिंह साउदेन र सदस्यमा पूर्णबहादुर बस्नेत रहनुभएको छ । बैठकले २३ वटा विभाग गठन गरी संयोजक र सहसंयोजकको पनि टुङ्गो लगाएको छ । बैठकले अर्थ तथा योजना विभागको प्रमुखमा गणेशप्रसाद बराल, उपप्रमुखमा जीवन शर्मा ढुङ्गानालाई चयन गरेको छ भने सदस्यमा काजीमान कागते, याम अधिकारी, धनबहादुर गुरुङ, डा देवी दुलाल र सञ्जीप राई रहनुभएको छ । उद्योग तथा वाणिज्य विभागको प्रमुखमा भोजप्रसाद खतिवडा र उपप्रमुख नरेश तामाङलाई जिम्मेवारी तोकिएको छ । यस्तै पार्टीको उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा शोभा पराजुली र उपप्रमुखमा गीताराम रसाइलीलाई तोकिएको छ । कृषि तथा भूमिसुधार विभागको प्रमुखमा टेकबहादुर राई र उपप्रमुखमा राम सञ्जेल रहनुभएको छ । कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराई र उपप्रमुखमा धीरेन चेम्जोङ रहनुभएको छ । बैठकले खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा शान्ता बस्नेत र उपप्रमुखमा मनराज जबेगुलाई चयन गरेको छ । यस्तै जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागको प्रमुख उदय राई र उपप्रमुख विक्रम लिम्बू बन्नुभएको छ । निर्वाचन विभागको प्रमुखमा जसबहादुर लुङ्गेली र उपप्रमुखमा पोष्टराज लामिछाने, न्याय, कानून तथा मानवअधिकार विभागको प्रमुखमा देवेन्द्रकुमार विश्वकर्मा र उपप्रमुखमा अशोक प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयायन विभागको प्रमुखमा आरबी राई र उपप्रमुखमा कुविरमान राई, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा नवराज शङ्कर र उपप्रमुखमा प्रकाश परियार, पार्टीको स्कुल विभाग प्रमुखमा तेजबहादुर राई र उपप्रमुखमा शिखरनाथ सापकोटा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुखमा अनिल बराइली र उपप्रमुखमा अरुण बराल तथा पार्टीको युवा तथा खेलकूद विभागको प्रमुखमा उमेश गुरुङ र उपप्रमुखमा राजकुमार थापा रहनुभएको छ । सचिवालय बैठकले पार्टीको वन तथा वातावरण विभागको प्रमुखमा ओमनारायण खनाल र उपप्रमुखमा जनम खम्बु, शिक्षा तथा मानवस्रोत विभागको प्रमुखमा श्यामकृष्ण घिमिरे र उपप्रमुखमा गञ्जबहादुर प्रधान, श्रम तथा रोजगार विभागको प्रमुखमा दीपक सिञ्चुरी र उपप्रमुखमा रवीन्द्र सुवेदी, सङ्गठन विभाग प्रमुखमा भक्त केसी र उपप्रमुखमा धनकुमार राई, सहकारी तथा गरीबी निवारण विभागको प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा ताराबाबु सुवेदी, शहरी विकास विभागको प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा सुरेशकुमार नेम्बाङ तथा साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा याम राई र उपप्रमुखमा सन्धिभक्त शङ्करलाई नियुक्त गरेको छ ।

प्रकाशित : २६ श्रावण २०७६, आइतबार ००:००