म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्ल्यूका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो । सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४२२ जनामा स्वाइन फ्ल्यू भएको प्रयोगशालाबाट पुष्टि भएको थियो । सरकारी अधिकारीहरूका अनुसार यस अवधिमा स्वाइन फ्ल्यूबाट मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा धेरै याङ्गुनमै रहेको पाइएको छ । उनीहरूले याङ्गुनमा ६३ जनाको मृत्यु भएको जानकारी दिएका छन् । याङ्गुनपछि अयेयार्वाडी क्षेत्रमा ९ जनाको र बागो क्षेत्रमा ७ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन् ।
२२ श्रावण २०७६, बुधबार ००:००
0
Shares
प्रतिक्रिया