काठमाण्डौ २२ साउन । गृहमन्त्री रामबहादुर थापा (बादल)ले किरात भूमी पहिचान र उत्पिडितहरुको आन्दोलनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छ्न ।
किरात राई यायोक्खा केन्द्रिय समितिद्वारा आज आयोजित ३२औं स्थापना दिवस कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन ।
पछिल्लो पटक जारी संविधान सहमतिको दस्तावेज भएकोले पूर्ण संघीयत, समाबेसिता, पहिचानलाई पुरै स्थापित गर्न नसकिएको बताए । प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिको लागि प्रयत्नशिल रहनु पर्ने बताए ।
राजनीतिक शक्ति सन्तुलनको हिसाबले उत्पीडित समुदायले विजय हाँसिल गर्न नसकेको कारण १ नम्बर प्रदेश सभाले नाम किरात राख्न हम्मे हम्मे भइरहेको बताए । यद्यपि पहिचानको आन्दोलनमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।
संघीयता र पहिचान संमृद्दीको लागि भएकोले देशमा रहेका दलाल, तस्करी र भ्रष्टाचारी विरुद्दसमेत यायोक्खा लाग्न गृहमन्त्री थापाको अनुरोध थियो ।
बिखण्डनकारी विरुद्द राष्ट्रिय एकता र गणतन्त्रको रक्षाको लागि समेत यायोक्खा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा संघीय संसद सुदन किरातीले किरात पहिचान, लोकसेवा आयोगको असवैधानिक कदम विरुद्ध आवश्यक परे सदनमै वलिदान दिन तयार रहेको बताए । प्रदेश १ को सांसद रामकुमार राई (पासाङ)ले प्रदेशको नाम किरात राख्न आफू सदनमा गम्भीर कदम उठाउन पनि पछि नपर्ने बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजती महासंघको केन्द्रिय कार्यबाहक अध्यक्ष नवीन रोका मगर, आदिवासी जनजाती उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, संघीय सांसद प्रमिला राई लगयतले शुभकामना मन्तब्य राखेका थिए ।
यायोक्खा अध्यक्ष दिवस राईको सभापतित्वमा महासचिव जनक राईले सन्चालनमा उपाध्यक्ष जीवन हाताचो राईले स्वागतसँगै संस्थाको धारणा राखेका थिए । किरात जाती नभएर भूगोल, ईतिहास, सभ्यता, संस्कृति भएको कारण १ नम्बर प्रदेशको नाम किरात माग गरिएको हाताचोको भनाइ थियो । निवर्तमान अध्यक्ष तिलक राई, सल्लाहकार दुर्गा राई लगाएको उपस्थित रहेको कार्यक्रममा
पत्रकार संजय सन्तोषी राई, ूकिरात इतिहास र संस्कृतिू नामक अनुसन्धानमुलक पुस्तकका लेखक खोटाङको पर्खनबहादुर राई, वियस राईद्वारा लिखित कथा संग्रह हिउँमाझी कृतिलाई नगदसहित सम्मान गरिएको थियो ।
यही बर्ष विद्यावारिधी गर्ने राई समुदायका डा। सुमाया राई, प्रा.डा. ध्यानेन्द्र बहादुर राई र डा। कृष्णबहादुर राई, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ठुले राई सम्मानित भएका छन ।
गायन तथा संगितिक क्षेत्रबाट योगदान पुर्याउने राई नवीनलाई नगद सहित सम्मानित भएको कार्यक्रममा विभिन्न विधाका १५ जना विध्यार्थीलाई छात्रा वृती प्रदान भएको थियो ।
प्रतिक्रिया