१ मंसिर २०८१, शनिबार । November 16, 2024

ग्लोबल

प्यालेष्टिनियाली मन्त्री पक्राउ, सामान्य सोधपुछपछि रिहा : इजरायल



जेरूसेलम, १५ असार (रासस÷एएफ्पी) : इजरायली प्रहरीले जेरूसेलम मामिला हेर्ने प्यालेष्टिनी मन्त्रीलाई सामान्य सोधपुछका लागि आइतबार बिहान पक्राउ गरी केही घण्टापछि रिहा गरिएको उहाँका वकीलले बताउनुभएको छ । मन्त्री फादी अल–हदामीलाई आइतबार बिहानै पूर्वी जेरूसेलमबाट पक्राउ गरिएको थियो । उहाँले इजरायली कानूनको बर्खिलाप हुनेगरी इजरायल–प्यालेष्टाइन सीमा क्षेत्रमा इजरायल विरोधी गतिविधिलाई प्रोत्साहन गरेको आरोपमा पक्राउ गरिएको हो । “हदामीलाई सोधपुछका लागि पक्राउ गरिएको र सामान्य सोधपुछपछि तत्काल रिहा गरिएको छ,” इजरायली प्रहरीका प्रवक्तालाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्यालेष्टिनी मन्त्रीका वकील मोहम्मद जिबाराले भन्नुभयो, “उहाँले चिलीका राष्ट्रपतिलाई अल–अस्का मस्दीज परिसरमा पुग्न सघाएको लगायत इजरायली कानून विरोधी गथिविधि गरेको आरोपमा सोधपुछ गरी रिहा गरिएको छ ।” “मन्त्री अदामीलाई आइतबार दिउसो नै रिहा गरिएको छ ।” गत मङ्गलबार चिलीका राष्ट्रपतिलाई प्यालेष्यटिनी धार्मिकस्थल जाँदा साथमा लगेको बताइएको छ । सान्टियागोका राष्ट्रप्रमुखलाई सँगै लाँदा इजरायली समजदारीको उल्लङ्घन गरेको भन्दै सोधपुछ भएका इजरायली अधिकारीले बताएका छन् । यहुदी समुदायले टेम्पल माउन्टका रूपमा चिन्ने अल–अस्का मक्का मदिनापछिको तेस्रो प्रसिद्ध धार्मिकस्थल हो, जुन प्यालेटिाइनको पश्चिमी पर्खालभन्दा माथि रहेको र यसलाई इजरायल–प्यालेष्टिनी द्वन्द्वको अत्यधिक सम्वेदनशिल बिषयकारूपमा लिने गरिन्छ ।

प्रकाशित : १५ असार २०७६, आइतबार ००:००