s~rgk’/, !! c;f/ -/f;;_M s~rgk’/sf] eLdbQgu/df a’waf/ ;DkGg ePsf] k|wfgdGqL sk dlxnf /fli6«o lqms]6 k|ltof]lutfsf] ;dfkg ;df/f]xdf dGtJo /fVb} vfg]kfgL tyf ;/;kmfOdGqL lagf du/ . t:jL/M z]/axfb’/ l;+x . खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खेलकूद क्षेत्रलाई परिणाममुखी बनाउन सरकार योजनाबद्धरुपमा अगाडि बढेको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समापन समारोहमा आज उहाँले अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउने माध्यम खेलकूद भएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि सरकार कटिवद्ध रहेको बताउनुभयो । मन्त्री मगरले खेल बहुआयामिक क्षेत्र भएकाले यसलाई लक्ष्य प्राप्ति, आत्म–अनुुसाशित र व्यवस्थित बनाइने बताउनुभयो । खेलकूद मैदान निर्माण गर्ने र आवश्यक सामग्री उपलब्ध गराउन तीन वटै तहका सरकारमार्फत विभिन्न कार्यक्रम अगाडि बढेको उहाँको भनाइ थियो । यसैबीच, मझगाउँ विमानस्थल सङ्घर्ष समितिका पदाधिकारीले मन्त्री मगरलाई विमानस्थलको नक्सासहितको ज्ञापनपत्र बुझाएका छन् । सोही क्रममा बोल्दै खानेपानी मन्त्री मगरले बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि सक्दो पहल गर्ने बताउनुभयो । प्रकाशित : ११ असार २०७६, बुधबार ००:००
प्रतिक्रिया