पाल्पा, ११ असार । नेपाल पत्रकार महासंघमा आवद्ध दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा यही असार १३, १४ र १५ गते हुने भएकोे छ । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि महासंघले मुल समिति र ६ उपसमिति गठन गरेको पाल्पा शाखा अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो ।
सो सम्मेलनमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्सद, विभिन्न संचार माध्यमका प्रमुखको सहभागिता रहने बताइएको छ ।
देशभरबाट झण्डै एकसय बढी पत्रकारको सहभागिता हुँदा पाल्पाको पर्यटन क्षेत्रको थप प्रचारप्रसार हुने विश्वास गरिएको छ ।
११ असार २०७६, बुधबार ००:००
0
Shares
प्रतिक्रिया