१ मंसिर २०८१, शनिबार । November 16, 2024

मुख्य खबर

फेरि पनि संसदमा ‘गलबन्दी च्यातियो…’ गीतको चर्चा




काठमाडौँ, १० असार । सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको गीत गबन्दी च्यातियो .. ले पछिल्लो समय संसदमा सतेत व्यापक चर्चा पाएको छ । प्रकाश सपुत र शान्ति श्री परियारले गाएको यो गीत एकएक युट्युबमा टेन्डि खाएसंगै चोरिको बात लाग्यो । वरिष्ठ गायक तथा संगीतकार शम्भुराईले २०४८ सालमा रेकर्ड गरेको ‘आउ नाचौ साथी हो’ गीतसंग लय मिलेपछि यस्तो आरोप लागेको हो । सामाजिक सञ्जाल र मिडियामा निक्कै लामो दोहोरी पश्चात गायक राईले कपिराईटको मदा दर्ता गरेका छन् ।

संसदमा भने कपिराईटको मुद्धा भन्दा पनि गीतसंगै जोडिएर आएको फरक प्रसंगले ठाउँ पाएको छ ।

प्रकाश सपुत र शान्ति श्री परियार को गलबन्दी च्यातियो

मंगलबार प्रतिनिधिसमाको बैठकमा बोल्ने साँसदहरुले समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरे ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हँुदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाए ।

शम्भुराईले गाएको आउ नाचौ साथी हो

साथै उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गरे  । सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो...’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै  जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।  

गलबन्दी च्यातियो.. गीतलाई सांसद तथा पूर्वमन्त्री मिन विश्वकर्माले सोमबार संसदमा प्रवेश गराएक थिए । उनले लोकभाका समाजको सम्पति रहेको भन्दै सपुत र परियारको बचाउ गरेक थिए ।
गीत विवादसंगै सामाजिक सञ्जालमा जातिय विभेद हुने गरि आएको टिप्पणी सम्बन्धमा आफु दु ख लागेको र त्यसो नगर्न आग्रह गर्दै गायक राईले फेसबुक स्टाटस लेखेका छन् ।

प्रकाशित : १० असार २०७६, मंगलबार ००:००