९ असार (रासस ÷एएफपी) गत शनिबार कम्बोडियाको सिहामनोक्भिल्लेमा निर्माणाधिन अवस्थामा रहेको एक भवन भत्किँएको भवन भग्नावशेषमा जीवित व्यक्ति फेला नपर्ने उद्धारकार्यमा संलग्न सेनाको दाबी रहेको छ । निर्माणाधिन अवस्थामा रहेको सात तले यस भवनमा गत शनिबार भत्किँदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको थियो । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले दुर्घटना भएको क्षेत्रको भ्रमण गर्नु भएको छ । सो भवन भग्नावशेषबाट सोमबार बिहानसम्म पनि शवहरु निकालिएको एएफपीका एक समाचारदाताले जानकारी दिएका छन् । यस भवन भग्नावशेषबाट अव जीवित व्यक्ति उद्धार गर्ने संभावना नरहेको उद्धारकार्यमा संलग्न एक सैनिकले एएफपी समाचार समितिलाई बताएका छन् । खिम पोभ नाम गरेकी ४७ बर्षीय एक महिलाले सो भवन भग्नावशेषमा आफ्ना श्रीमान र भतिजा र वेपत्ता रहेका र आफ्नो छोरोलाई भने उद्धार गरिएको एएफपीलाई बताएकी छिन् । छोराको उपचार भईरहेको उनले जानकारी दिएकी छिन् । भत्किँएको सो भवन भग्नावशेषबाट शवहरु निकाल्ने क्रम जारी रहेको र आफ्ना श्रीमानको जीवितै उद्धार हुने आशा नरहेको पनि ती महिलाले जानकारी दिएकी छिन्
९ असार २०७६, सोमबार ००:००
0
Shares
प्रतिक्रिया