इलाम । किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले १ नम्बर प्रदेशको नाम किरात नभए जनताको अपमान हुने बताएका छन् । किरात राई यायोक्खा इलामको ९ औं जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले सो कुरा बताएका हुन् । प्रदेशको भूमिको नाम किरात नभए यहाँको विविध, इतिहास, भूगोल र सभ्यताको अपमानहुने बताए । पञ्चायत र राजतन्त्र विरुद्धको आन्दोलनको पहिलो दिनदेखि आफू निरन्तर संघर्षमा रहेको दावि गर्दै एक थोपा रगत रहेसम्म आफू न्यय, सम्मानता र पहिचानको आन्दोलनमा रहने प्रतिवद्धता व्यक्त गरे ।
केही व्यक्तिहरु १ नम्बर प्रदेशको नाम अहिले नै किरात आए अफ्नो राजनीतिक एजेण्डा सकिने चिन्तामा रहेको आरोप लगाए । पहिचानको आन्दोलनमा लाग्ने सम्पूर्णलाई एकजुट भएर किरात प्रदेशको संघर्षमा आउन आग्रह गरे । पछिल्लो समयमा यायोक्खा किरात प्रदेश नामकरणको विषयलाई मुख्य एजेण्डा बनाएर लागिरहेकोले संगठन भित्र अनुशान र मर्यादा बारे बुझाउन नसकिएकोले आगामि दिन प्रशिक्षणहरु चलाउनु पर्ने देखिएको बताए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले प्रदेशको नाम किरात नभए आन्दोलन चर्काइने बताए । सचिव अर्जुन जम्नेली राईले राणा विरुद्ध रामप्रसाद राई, पञ्चालय विरुद्ध रत्न वान्तावा र राजतन्त्र विरुद्ध नवीन राई, मण्डेला राई लगायतको वलिदान दिएको भूमिको नाम किरात नभए अर्को रामप्रसादको जन्महुने चेतावनी दिए । कार्यक्रममा सचिव कृष्ण खालिङ्ग राई, देउमाई नगरपालिकाको उपप्रमुख पविमाया राई, नेपाल कम्युनिष्ट पार्टीका नवराज शंकर, नेपाली कांग्रेसका हेम दुलाल, संघीय समाजवादीका कमल राई, नेपाल आदिवासी जनजाति महासंघ इलामको अध्यक्ष अभिषेक एक्तेन लिम्बू लगायतले शुभकामना व्यक्त गरेका थिए । सम्मेलन आयोजक समितिको संयोजक चित्रबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खामा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्माण गरेको थियो । कार्यक्रममा बरिष्ठ गायक कुवेर राई, सरगम राई लगायतले गीत तथा कलाकारहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए । खुल्ला सभा हुनुअघि १ नम्बर प्रद्रेशको नाम किरात प्रदेश राख्न लगायतको नाराजुलुससहित इलाम बजार परिक्रमा गरेका थिए ।
प्रतिक्रिया