काठमाडौं १५ जेठ । आगामी आर्थिक वर्षको बजेटमा सरकाले हुलाकी राजमार्गका लागि साढे १३ अर्ब बढी रुपैयाँ विनियोजन गरेको छ । आउँदो ४ वर्षमा राजमार्ग निर्माणको काम सक्नेगरी १३ अर्ब ६३ करोड बजेट छुट्याईको हो ।
२८ वर्षअघिबाट निमार्ण थालनी गरिएको यो साजमार्गले अझै गति लिन सकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजामर्ग निर्माण गर्ने घोषणा गरेका थिए । त्यसको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच निर्माणको लागि औपचारिक सम्झौता भयो । भारतले बनाइदिन्छ भनेर आस गर्दागर्दै यतिका बर्ष वितेपछि सरकार आफैले निर्माण सुरु गरे पनि खासै प्रगति हुन सकेको छैन ।
प्रतिक्रिया