३० कार्तिक २०८१, शुक्रबार । November 16, 2024

ग्लोबल

प्रधानमन्त्री ओलीलाई काङनाम विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधी



काठमाडौं, १५ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका पे्रसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधी प्रदान गरेको जनाएको छ ।
उपाधी ग्रहण पछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताउनुभएको छ । “यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।


प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभएको छ । “कोरिया सही नीति,सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाल केही समयपछि प¥यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।”

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार ००:००