काठमाडौं । काठमाडौंको टुँडिखेल साकेलामय भएको छ । किरातीहरुको महान चाड साकेलाको अवसरमा उपत्यकामा बसोबास गर्ने किरातीहरु आज सबैरै भेला भएर साकेला उभौली मनाइरहेका छन् ।
उभौली चाड किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य चाड हो । उभौलीका अवसरमा सबै समुदायले विभिन्न कार्यक्रम गरि मनाइरहेका छन् ।
वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस, खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ । काठकाण्डौ उपत्यकामा रहेका किराती समुदायले गत शनिबार सानो हात्तिबन बनमा भूमि पुजा गरि सुरुवात गरिएको थियो । यो चाड उपत्यकामा १५ दिन र पूर्वमा एक महिनासम्म मनाइने गरिन्छ ।
राजधानीको व्यस्त जीवनशैलीका कारण शनिबारशनिबार उपत्यकामा बसोबास गर्ने किरातीहरु विभिन्न ठाउँमा भेलाभई नाच्ने गरिन्छ । हरेक स्थानमा किरातीहरुको विभिन्न सामुदायिक संस्थाले आयोजना गर्ने गर्छन । आज किरात राई यायोक्खा काठमाडौंको आयोजनामा टुँडिखेलमा ११ देखि ५ बजेसम्म साकेला हुनेछ । सुनुवारहरुले पनि सहभागिता जनाएका छन् । उनीहरुले श्यादर मनाउने गर्छन् ।
११ जेष्ठ २०७६, शनिबार ००:००
0
Shares
प्रतिक्रिया