३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

सगरमाथा आरोहण सुरु, शिखर पुगे शेर्पा



काठमाडौ। यस वर्षको पहिलो टोली सगरमाथाको शिखर पुगेको छ । सगरमाथा आरोहणका सबै भन्दा अनुकुल समय वसन्त ऋतुमा सगरमाथा आरोहण अभियानमा ८ जना शेर्पाको टोली मंगलबार दिउँसो सगरमाथाको शिखर मा पाइला टेकेका हुन।
यो वर्षमा सबैभन्दा पहिले सगरमाथा शिखरमा पुग्ने स्वदेशी शेर्पाहरुमा लामाबगर दोलखाका सिद्ध बहादुर तामाङ, मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङफुर्वा शेर्पा , सोलुखुम्बुको खुम्जुङका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा रहेका छन् । उनीहरु सबै काठमाडौंको हिमालयन गाइड्स एक्सपिडीसन कम्पनीमा आवद्ध हाई–अल्टिच्यूट गाइड हुन् ।

शेर्पा गाइड सिद्धबहादुर तामाङको नेतृत्वको सो टोलीले यस वर्षको सगरमाथा आरोहणमा जाने आरोहीहरुलाई सहज रुपमा बाटो बनाइदिन ६२ सय मिटर उचाइमा रहेको दोस्रो शिविरदेखि माथि डोरीले बाटो बनाउने जिम्मा लिएको थियो । ५२ सय मिटर उचाइमा रहेको आधारशिविदेखि दोस्रो क्याम्पसम्म अत्याधिक भर्याङ राख्नु पर्ने भएकाले त्यो खण्डको जिम्मा सगरमाथा पोलुसन कन्ट्रोल कमिटीले लिएको थियो ।

शेर्पा समुह १३ दिनअघि ८ हजार मिटर उचाइको साउथकोपसम्म बाटो बनाउँदै पुगेको थियो । सगरमाथा आरोहणमा हरेकपटक यसरी नै बाटो बनाउने गरिन्छ। यसपटक सगरमाथा आरोहणकालागि ३ सय ७७ जनाले अनुमति लिएका छन् । आरोहि सहित अहिले आधारशिविरमा गाइड, भरिया, कुल्ली, किचन, हेल्पर, सम्पर्क अधिकृतहरु गरि १५ सय पुगेका छन् ।

प्रकाशित : १ जेष्ठ २०७६, बुधबार ००:००