मेचीनगर । मेचीनगरको धुलावारीमा बैशाख २८ र २९ गते ‘प्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा’ हुने भएको छ ।
मेचे समुदायको भाषा, साहित्य र संस्कृति संरक्षणको उद्देश्यले मेचीनगर–१० धुलावारीस्थित पुरानो कोलोनी रहेको प्लटिङ क्षेत्रमा साहित्य सभा गरिदै छ ।
मेचे बोडो साहित्य सभा नेपालका अध्यक्ष कमल मेचेको अध्यक्षतामा २२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र सभाका लागि तयारी धमाधम भइरहेको छ ।
मेचीनगर, हल्दिबारी, अर्जुनधारा र कमलमा मेचे सुमदायको बाक्लो बसोबास रहेको छ भने संविधानले लोपोन्मुख भनी सूचीकृत गरेको मेचे समुदायको कूल जनसङ्ख्या ५ हजारभन्दा न्यून छ ।
मेचे समुदायले बैशाखमा मनाउने सबैभन्दा ठूलो चाड बैशागु बथरको उपलक्ष्य पारेर यसपाली भारतको आसामका बोडो समुदायसँग मिलेर अन्तर्राष्ट्रिय साहित्य सभा गर्न लागेको आयोजक समितिका कार्यवाहक अध्यक्ष पर्दछ । यही उपलक्ष्यमा नेपाल र भारतका मेचेहरुले अन्तर्राष्ट्रिय साहित्य सभाको आयोजना गरेको मेचे बताउँछन् ।
सभामा भारतका राज्यमन्त्री र सरकारी उच्च पदाधिकारीहरु सहभागी बन्ने छन् भने नेपालका तर्पmबाट मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत काकी सहभागी बन्ने छन् ।
नेपालका तर्फबाट २२ जातजातिका झाँकीहरु देखाइने भएको छ भने पहिलोपल्ट मेचे समुदायको भाषा र साहित्यका विषयमा प्यानल डिस्कसन हुने भएको छ ।
कार्यक्रममा २७ लाख ७५ हजार रुपैयाँ खर्च हुने र त्यसको व्यवस्थापनका लागि हरेक मेचे पविारबाट ५०० का दरले सहयोग सङ्कलन गरिएको महिला नेतृ रोशनी मेचे बताउनुहुन्छ ।
२४ बैशाख २०७६, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया