ललितपुर,१३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “वहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पुरा गर्छ ।”
प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बताउनुभयो । “वहाँले ति समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर वहाँसँग समय रहेन” प्रधानमन्त्री ओलीले भन्नुभयो “वहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौत मार्फत द्वन्द्वको समाधान ग¥यौं र राजतन्त्र सदाका लागि विदा ग¥यौं ।”
प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताउनुभयो । “वहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पुरा गर्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
१३ बैशाख २०७६, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया