पाँचथर । राज्यले ताप्लेजुङ पाँचथर लगायत जिल्लामा बरुवा बन्दुक संकलनलाई तीव्रता दिएपछि लिबूवान स्प्रिङ आन्दोलनले त्यसको कडा शब्दमा विरोध जनाएको छ ।
शान्ति सुरक्षामा बरुवा बन्दुक लगातका हातहतियार चूनौती रहेको भन्दै राज्यले पूर्वी ताप्लेजुङ पाँचथरमा बन्दुक संकलन गरिरहेको छ ।
बन्दुक लिम्ूबू जातिको सस्कार र संस्कृतीसंग प्रत्यक्ष जोडिएकाले राज्यले यसरी जफत अभियान चलाउँदा संस्कृतीमाथि नै धावा बोलिएको भन्दै आज विज्ञप्ती जारी गरि त्यसको विरोध गरेका छन् ।
संविधान तथा राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन र प्रथा जनित कानुनको धज्जी उडाउँदै राज्यले नै संस्कृतीमाथी धावा बोलिरहेकाले साँस्कृतिक एकाधिकार विरुद्ध आन्दोलन गर्ने विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया