३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

लीला सेलिङ माबो दोस्रो पटक बेलायतको काउन्सिलरमा चुनाव लड्दै



लण्डन । बेलायतको स्थानीय निर्वाचन काउन्सिलर पदमा नेपाली मूलकी लीला सेलिङ माबोले दोस्रो पटक उम्मेदवारी दिएकी छिन् । ह्यामपसायर हार्ट डिस्ट्रिक काउन्सिल क्रोकहोम वेष्टबाट उम्मेदवरी दिएकी हुन ।
लेबर पार्टीबाट उम्मेदवारी दिएकी फ्लीट निवासी माबो गत साल समेत सोहि पार्टीबाट काउन्सिलर लडेका थिइन । झिनो मतान्तरले उनी पहिलो पटक निर्वाचित हुन नसके पछि पार्टीले उनलाई पुन उम्मेदवार बनाएका हुन ।
पार्टी र समाजमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै पार्टीले पुन उम्मेदवार बनाएको र विजयी समेत हुने विश्वास रहेको माबोले बताइन ।
यहि आउँदो २ मे २०१९ मा निर्वाचन हुदैछ । निर्वाचन मिति नजिकिएसंगै प्रचारप्रसारले तीव्रता पाएको छ ।
बेलायत नेपालको पुरानो कुटनीतिक सम्बन्ध रहेको देश मध्ये पर्छ । अत्यन्तै नजिकको मित्रता रहेको बेलायतको तर्फबाट नेपालीहरुले दोस्रो विश्वयुद्ध लडेका थिए । यस कारण पनि नेपालीहरुलाई बेलायतमा निक्कै इज्जत गरिन्छ । बेलायतमा नेपालीहरुको निक्कै ठूलो संख्यामा बसोबास रहेको छ । समयक्रमसंगै लाहुरे बाहेक उच्च शिक्षा, व्यापारव्यवसाय र रोजगारिताको लागि बेलायत पुग्ने नेपालीको सख्या पनि ठूलो छ ।
पच्छिलो समय नेपालीहरुले राजनीतिमा पनि सक्रिय सहभागीता जनाउन थालेका छन् । त्यसैको परिणाम स्वरुप माबो जस्ता थुप्प्रै नेपालीहरुले यस पटकको निर्वाचनमा पनि भाग लिदैछन् । नेपालीले बेलायतको निर्वाचन प्रक्रियामा भाग लिनु गर्वको विषय भएको लण्डनमा उच्च शिक्षा लिइरहेका सन्त राईले बताए ।


को हुन माबो


लेखक, समाजसेवी तथा डेन्टिष्ट लीला सेलिङ माबोको जन्म पाँचथर ओयाम हालको याङवरक गाउँपालिकामा भएको हो । बुवा गुप्तेश्वर उच्च माविका पूर्व प्रअ तथा विव्यस अध्यक्ष भीमकुमार सेलिङ र आमा राममाया सेलिङका पहिलो सन्तानको रुपमा जन्म भएको माबो सानैदेखि समाज सेवामा सक्रिय थिए । गुप्तेश्वर माविबाट उनको कखरा सुरु भएको थियो । त्यहि विद्यालयबाट प्रवेशिका समेत उर्तिण गरिन । महेन्द्र बहुमुखी क्याम्सबाट प्रमाण पत्र तह र पाँचथर बहुमखी क्याम्पसबाट स्नातक सम्म अध्ययन गरिन । शिक्षा आयोग पास गरि आफ्नै बुवाले स्थापना गरेको वारेबुङ प्राथमिक विद्यालयमा प्रअको भूमिका निर्वाह गरिन । त्यसपछि धर्मभक्त प्राविमा पनि प्रअको जिम्मेवारी निर्वाह गरिन । शिक्षककै रुपमा पनि उनले थुप्रै अधिकार प्राप्तिको आन्दोलनमा सहभागी भइन । महिला कर्मचारीलाई सुत्केरी विदा लगायतको आन्दोलनमा पनि सक्रिय सहभागी भइन ।
थर्पू निवासी व्रिटिस आर्मी श्रीप्रसाद माबोसंग विवाह भएपछि उनी लण्डन पुगिन । उनको दुई छोरी एक छोरा रहेका छन् । बेलायतमा उनी एउटी गृहणीको रुपमा मात्र रहिनन् । उनले अध्ययनलाई निरन्तरता दिइन । सामाजिक राजनीतिक गतिविमा सक्रियता बढाउँदै लगिन । साहित्य लेखनलाई पनि अघि बढाइन । उनको आधा दर्जन गीत रेर्कड भएका छन् । लाहुरेनी पीडा नामक कविता संग्रह प्रकाशित छ भने थूपै्र देशमा उनी सम्मानित समेत भएकी छिन्र ।
क्वीन मेरी कलेजबाट एलेभल, फर्नबोर्ट कलेज अफ टेक्नोलोजीबाट डेन्टल नर्सिङ र यनिर्भसीटि अफ स्यूरीबाट विएस्सी (हान्स) डिग्री इन क्रिमिनोलोजी एण्ड साइकोलोजी अध्ययन पुरा गरेकी छिन् । गैरआवासिय नेपाली संघ, किरात याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासंघ बेलायत लगायत संस्थामा समेत उनको महत्वपूर्ण योगदान रहेको छ । व्यक्तिगत स्वार्थ भन्दा सामाजिक हितलाई सर्वोपरी मान्ने माबो अहिले बेलायतको पूर्व सक्ताधारी पाटी लेबरमा सक्रिय छिन् ।

प्रकाशित : ११ बैशाख २०७६, बुधबार ००:००