२८ कार्तिक २०८१, बुधबार । November 14, 2024

मुख्य खबर

बीर भक्ति थापा र देउथल युद्ध सम्भना



काठमाण्डौं । नेपाल एकीकरण र अग्रेजलाई नेपालबाट पराजित गरि लखेट्ने बीर पुरुष भक्ति थापाको २०४ औं स्मृति दिवसको अवसरमा बीर भक्ति थापाको साहस र बहादुरीको स्मरण गरियो । नेपाल आर्मी अफिसर क्लबमा आयोजित कार्यक्रम बीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द«को आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रधान सेनापति पूर्णचन्द« थापाले बीर भक्ति थापाको फोटोमा माल्यर्पण गरी औपचारिकता दिईएको कार्यक्रममा आमन्त्रित विशिष्ट,लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । डा.युवराज संग्रौलाले सरदार बीर भक्ति थापाको कुशलता पूर्वक आफ्नो सेनालाई नेतृत्व गर्न सक्ने क्षमता र युद्धमा जहिले पनि आफू अगाडि रहेर युद्ध गर्ने व्यक्ति हुन् । त्यसैले धेरै विदेशी इतिहासकारहरुले बीर भक्ति थापाको साहस र बहादुरी वारेमा प्रशंसा गरेका छन् र बैरीहरुले नै भक्ति थापाको बहादुरीको कदर सहितको इतिहास नै लेखेका छन् भने । तर नेपालीले सरदार बीर भक्ति थापा भनेर चिन्ने मात्र गरेका छौं,त्यतिले पुग्दैन,राज्यले बीर भक्ति थापालाई सौतेनी व्यवहार गरेको छ, न विगत र वर्तमानका सरकारले सम्झे,यस्तै हो भने सरदार बीर भक्ति थापाको बलिदान भोलि हाम्रा सन्ततिहरुले बिर्सने छन् भन्ने गुनासो व्यक्त गरे । कार्यक्रममा बोल्दै संग्रौलाले त्यसताका नेपालको सीमाना भारत प्रशासित जम्मु सम्म भएको इतिहास तथ्य छ तर कारणवस त्यही समयमा भएको सुगौली सन्धिमा हामी नेपाली खुम्चिन बाध्य भयौं भन्दै,भक्ति थापाको जीवनी बारेमा सरकारले पाठ्यक्रममा समावेश गरि भक्ति थापाको बीरता र बलिदानको कदर गर्नु पर्ने बताए । त्यो युद्धरत र समयमा भक्ति थापालाई सेनापतिमात्र नभई स्वयत्तताको अधिकार समेत सुम्पिएको तथ्य इतिहासमा लेखिएको छ,त्यसैले भक्ति थापालाई राष्ट्र निर्माता पनि मान्नु पर्छ भने । सो कार्यक्रममा रमेश ढुँेगेलले इतिहासमा विश्लेषण गर्ने तरिकाहरु सबैका आ–आफ्नै तर्क वितर्क छन् । तर यहाँ भक्ति थापाको वारेमा राष्ट्रले अपव्यख्या गरेको छ ।

त्यो हो राष्ट्रले बीर भक्ति थापालाई विभुति घोषणा गर्न विर्से,तर हामीले विर्सेको छैनौ । राष्ट्र निर्माता हुन् राष्ट्र निर्माणमा बलिदान,आहुति दिने बीर साहसिक भक्ति थापालाई राष्ट्रिले विभुति घोषणाा गर्नु पर्ने धारणा राखे । सो स्मृति कार्यक्रमका विशिष्ट अतिथि इतिहासमा नेपालको निर्माण तथा एकीकरणका क्रममा पृथ्वी नारायण शाहको आदेशलाई पालन गरी,राष्ट्र निर्माणमा विशिष्ट योगदान मात्र नभई बीरता सहित बलिदान दिने जो सुकैलाई देश र जनताले सम्मान गर्नै पर्छ । साथै वर्तमानमा देश कुन अवस्थामा छ, त्यो कुरालाई पनि हामीले बुझ्नु पर्ने हुन्छ भने । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा जुन फिरङ्गीहरुलाई पराजित गरी,लखेट्ने क्रममा बलिदान दिने ती सम्पूर्ण बीर योद्धाहरुलाई हामीले सम्मान गर्नु पर्छ, भन्दै भक्ति थापाको इतिहास र जीवनीवारेमा अध्ययन तथा अनुसन्धान गर्ने कार्यमा बीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द«सँग सहकार्य गर्न प्रज्ञा प्रतिष्ठान तयार रहेको सो कार्यक्रममा बताए ।
सो कार्यक्रमका प्रमुख अतिथि प्रधान सेनापति पूर्णचन्द« थापा नयाँ वर्ष २०७६ सालको अवसरमा नेपाली सेनाको तर्फबाट आम नेपालीहरुलाई शुभकामना दिंदै,राष्ट्र र राष्ट्रवासीहरुको लागि सार्वभौमिक्ता स्वाधनीता स्वतन्त्रता प्राण भन्दा प्यारो हुन्छ । राष्ट्रको बृहत्तर हितका लागि इतिहासका कालखण्डमा घटेका महत्वपूर्ण घटनाक्रमले आर्जित अनुभव र विश्लेषणले वर्तमानका साथै भावि पिंढीका लागि पथप्रदर्शक बन्ने बताए । देशको इतिहास र एकतासँग बीरहरुको गाठाहरु गासिएका हुन्छन् ती गाठाहरु नै हाम्रो पहिचान हो । हामीले हाम्रो इतिहासको सरक्षण,प्रवर्दन गर्नु नै हाम्रो परम कर्तव्य भएको बताए । वर्तमान परिप्रक्षेमा यदाकदा हाम्रो एकता र पहिचानका विषयहरुमा विवाद आउने गर्छ,त्यसो हुनु नै राष्ट्रिय सुरक्षामा चुनौती आउनु हो भन्ने धारणा राखे । इतिहासको पाठ सिकेर भविष्यको निर्माण र रक्षा गर्न अरिहर्य पाटो भएको बताए । सो कार्यक्रममा भक्ति इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरुले शान्ति सन्देश प्रवाह हुने गीत, शान्ति तिमी फर्कि आउ भन्ने गीतमा सन्देशमुलक भावपूर्ण नृत्य प्रस्तुत गरेको थियो । सो कार्यक्रमका सभापति बीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द«का अध्यक्ष रोहित थापाले बीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द«ले प्रत्येक वर्ष भक्ति थापाको स्मृति अवसरमा विविध सचेतना कार्यक्रम लगायत भक्ति थापाको बीरता बलिदान साथै इतिहासलाई जिवित राख्न महत्वपूर्ण कार्यक्रम गर्दै आएको जानकारी गराए । सो कार्यक्रममा पूर्व प्रधान सेनापति,सशस्त्र बल प्रहरी महानिरिक्षक, नेपाली सेनाका उच्च दर्जा र वुद्धिजीवीहरुको उपस्थिति थियो । सो कार्यक्रममा दोस्रो विश्व युद्धमा बेलायतको तर्फबाट युद्ध लडेका मेजर त्रिलोक सिंह थापा लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित : ९ बैशाख २०७६, सोमबार ००:००