२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

मुख्य खबर

विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पक्राउ



नवलपरासी । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नवलपरासी पूर्व जिल्ला सदस्य पुरुषोतम रेग्मीलाई गिरफ्तार गरेको छ । विनयी त्रिवेणी गाउँपालिका–४ का ५९ वर्षीय रेग्मीलाई वैशाख बन्द आह्वान गरेको पूर्व सध्यामा पक्राउ गरेको हो ।

वैशाख ५ गते विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा मध्यविन्दु नपा–११ मा राकेजुलुस गरिरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए ।

प्रकाशित : ५ बैशाख २०७६, बिहिबार ००:००