३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

Uncategorized

पाँचथर गोल्डकप सुरु : पहिलो दिन मोरङ र झापा विजयी




पाँचथर । पाँचथरको फिदिममा आइतबार देखि शुरु भएको पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा मोरङ र झापाले जित निकाल्दै क्वाटर फाइनलमा प्रबेश गरेका छन
शनिबार देखि शुरु हुने भनिएको सो प्रतियोगिता शनिबारको बर्षादको कारण आइतबार बिहान देखि शुरु भएको थियो । आइतबारको पहिलो खेल मिशन युनाइटेड क्लब ताप्लेजुङ र डी एफ सी मोरङका बिच भएको थियो । खेलमा मोरङ शुन्यको बिरुद ६ गोलको बिशाल अन्तरले बिजयी भएको छ । खेल मोरङका अर्माण्ड विदमले ह्याट्रीक गरेका थिए । हेमन्त थापा मगरले दुई र सन्जोग राइले एक गोल गरेका थिए । अर्माडले १०, १९ र २२औं मिनेटमा गोल गरेका थिए भने हेमन्त मगरले ३९ औ ५२ मिनेटमा र राईले ६२ औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याचको पुरस्कार अर्माण्डले प्राप्त गरेका थिए ।
यस्तै दिउँसो भएको खेल अन्र्तगत रेडहर्ष क्लब इलामलाई ट्राइबेकरमा चारको बिरुद पाँच गोल गर्दै बिर्ता युनाइटेड क्लब झापाले क्वाटर फाइनलको यात्रा तय गरेको छ । निधारित समय सम्म एक एक गोल भए पछि पेनाल्टी सुटबाट खेलको निर्णय गर्नु परेको थियो । पेनाल्टीमा झापाका दिलेन लोक्ताम,निशान खड्का,बिकी चौधरी योगेश गुरुङ र राजकुमार कन्दङवाले गोल गरेका थिए ।
यस्तै इलामको तर्फबाट मनिस थापा, पासाङ शेर्पा हरि सिटौला र पुरण चेम्जोङले गोल गरेका थिए भने दर्शन गुरुङको प्राहार गोल पोष्ट भन्दा बाहिर गएको थियो । खेलमा म्यान अफ द म्याचको पुरस्कार झापाका योगेश गुरुङले प्राप्त गरेका थिए । सोमबारको क्वाटर फाइनल खेल आयोजक पाँचथर क्लब पाँचथर र डी एफ सी मोरङका बिच हुने पाँचथर क्लबका सचिव योगराज सेडाइले बताउनु भयो ।
प्रतियोगितामा बिजेताले नगद चार लाख र ट्रफी र उप बिजेताले दुई लाख पाउने क्लब जनाएको छ प्रतियोगितामा १० टिमले भाग लिइ रहेका छन ।

प्रकाशित : २५ चैत्र २०७५, सोमबार ००:००