काठमाण्डौं । राजधानीको चावहिल स्थित चलचित्र बिकास बोर्डको सभाहलमा किरात राई चलचित्र बिशेष प्रदर्शनी कार्यक्रमका प््रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई शाक्षि राखि सम्पूर्ण किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरि निर्माण गर्ने उदेश्य अनुरुप यो कार्यक्रमको आयेजना गरिएको हो ।
आम किरात राईहरुको उपस्थितिमा किरात राई चलचित्रकर्मी संघ र चलचित्र बिकास बोर्ड आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको बिशेष सहयोगमा निर्मित ६ वटा लघु मातृभाषी चलचित्रहरु ज्योती राईद्धारा निर्र्देिशत पुवालो, सन्त कुमार राईद्धारा निर्देिशत ढ्वाङमुम, भुवनसिंह राई र निश्चल सापकोटाद्धारा निर्र्देिशत नागा, पुर्खाजित राई र युवराज राई (वीर ब.)द्धारा निर्र्देिशत फुङलाम, नैन राई जेरुङको निर्देशिन रहेको ब्याःसा र सुमन राईद्धारा निर्र्देिशत रिचिबुङ , आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा प्रकासित किरात राई चलचित्रको रुपरेखा पुस्तक विमोचन, किरात राई चलचित्रको क्षेत्रमा योगदान पु¥र्याउने ५ जना ब्यक्तित्वहरुलाई सम्मान तथा चलचित्र विकास वोर्ड आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको आर्थिक सहयोगमा सञ्चालन भएको तीन दिने विशेष क्यामरा प्रशिक्षण कार्यक्रमको समापन हुने गरि कार्यक्रम आयोजना गरिएको पुर्खाजित राई जानकारी दिए ।
किरात राई चलचित्रकर्मी संघको आयोजनामा २०७५ चैत्र २२ गते शुक्रवबार संघका संरक्षक राज कुमार राईलाई विशेष सम्मान–पत्रका साथ चिण्डोले सम्मान गरियो भने संघका संस्थापक अध्यक्ष परशुराम राई (प्रविण पुमा), संस्थापक सदस्य पविता पुमा, विशिष्ट सदस्य शन्त कुमार राई र चलचित्र निर्देशक अरुन कुमार प्रधान्लाई कार्यक्रमका प्रमुख आतिथि वोर्ड अध्यक्ष केशव भट्टराईले फेटा लागाई सम्मान पत्र द्धारा सम्मान प्रदान गरे । सो कार्यक्रममा ६ वटा लघु चलचित्रका निर्देशकहरु, क्यामरा प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो । सो कार्यक्रमा बोलेल्दै चलचित्र निर्देशक मिलन चाम्सले किरातराईहरु एक ठाउँमा उपस्थित भई अबको दिनहरुमा आफ्नो समुदायको निम्ति चलचित्र निर्माण गर्नु पर्ने बताए । सोही कार्यक्रमका वक्ता पहिलो राई चलचित्र निर्देशक डिक बान्तावा, कवि तथा गीतकार भुपाल राई, सल्लाहाकर जितेन राई, अभियन्ता पृथ्वि मुकारुङ, यस ब. राई, भाषविद डा.तरामणी राईहरुले शुभकामना दिदै किरात राई चलचित्र निर्माणमा विशेष छलफल तथा अन्तरक्रिया गर्नु पर्ने आवश्यक्तता ब्यक्त गरेका थिए । आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले आदिवासी चलचित्रको प्रवद्र्धन गर्न सरकारको ध्यान जानु पर्ने बताए । त्यस्तै संरक्षक तथा विशेष सम्मान बाट सम्मानित राज कुमार राईले किरात राई चलचित्रमा लगानीको खाँचो रहेको र त्यसको लागि किरात राई समुदायको भुमिका अपरिहार्य भएको बताए ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव भट्टराईले आफु बोर्ड अध्यक्ष आएपछिको पहिलो प्रमुख अतिथिको रुपमा उपस्थित भएको भन्दै विकास वोर्डमा आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति रहेको बताउदै नेपालमा बोलिने सबै राष्ट्रभाषामा निर्माण हुने चलचित्रको हितका लागि काम गर्ने बताउदै कार्यक्रमको शुभकामना ब्यक्त गरे ।
चलचित्र बिकास वोर्ड आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको आर्थिक सहयोगमा सञ्चालित बिशेष ब्यामरा प्रशिक्षण कार्यक्रको समापन साथै किरात राई चलचित्र सम्वन्धी सम्पूर्ण विषयहरुलाई समेटी तयार पारिएका किरात राई चलचित्रको रुपरेखा नामक पुस्तक समेत बिमोचन गरिएको थियो ।
सो कार्यक्रमको समापन गर्दै किरातराई चलचित्र संघका अध्यक्ष केशव राईले आफ्नो कार्यकालमा ४ बटा लघुचलचित्र निर्माण गर्ने भनिएतापनि ६ वटा निर्माण गरिएको र किरात राई चलचित्रको रुपरेखा पुस्तक प्रकाशन गरेको र किरात राई चलचित्र नगरि निर्माणको अवधारणा समेत अघि सारिएको बताए ।
प्रतिक्रिया