३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

प्रतिगमनको विरुद्धमा एक कदम पछि हट्दैनौं : प्रम ओली



चैत २०, २०७५ काठमाण्डौं बुधबारदेखि सुरु भएको विकास परिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले र राष्टको विकास र हित विरोधी प्रतिगमनकारी शक्ति विरुद्ध जस्तोसुकै कदम चाल्ने बताएका छन् । विप्लव नेतृत्वको नेकपालाई संकेत गर्दै उनले आफ्ना साझेदारसँग सहकार्य गर्ने र प्रतिगमनकारी ९विरोधी०लाई शिर उठाउन नदिने बताएका हुन्। विगतमा विरोधीसँग मिल्ने र साझेदारसँग नमिल्ने गरको कारण विकासको कामपछि परेको भन्दै उनले अबको क्रममा प्रतिगमनकारीलाई शिर उठाउन नदिने दाबी गरे। उनले प्रतीपक्ष कांग्रेस लगायतले सरकारका विरुद्धमा भ्रम छरेको संकेत गर्दै यस्तो नगर्न आग्रह गरे। ुविगतमा ६० वर्ष पुगेका बूढाबूढीलाई कम्युनिष्टले मार्छ भनियो, कहिले कम्युनिष्ट सरकारले समृद्ध ल्याउँदैन, गरिबी बाड्छ पनि भनियोु सँगै रहेका कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई हेर्दै प्रधानमन्त्रीले भने ुयो सरकार आएपछि इतिहासकै सबैभन्दा बढी काम भएको छ।ु वर्तमान सरकार आएपछि अहिलेसम्मकै सबैभन्दा धेरै बाटो पिच भएको, धेरै विद्यार्थी भर्ना भएको, सबैभन्दा धेरै सामाजिक सुरक्षाको काम गरिएको दाबी प्रधानमन्त्री ओलीको रहेको छ। उनले अहिले पनि विदेश जान चाहने नेपालीलाई सरकारले जान दिएको भए पनि केही वर्षमा नै विदेश जान नपर्ने अवस्था गराउने दाबी गरे। सरकार कुनै पनि योजना र नीति शंका गर्नु पर्ने खालका नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ। शिक्षा सम्बन्ध विषयमा धारणा राख्दै प्रधानमन्त्री ओलीले यसै वर्षबाट पढ्ने उमेर भएका बालबालिका कुनै पनि स्कुल बाहिर रहनु नपर्ने बताए। ुगत वर्षदेखि हामीले भर्ना अभियान सुरु गरेका छौँ, यस आर्थिक वर्षमा पढ्ने उमेर भएका कुनै बालिबालिका विद्यालय बाहिर रहने छैनन्ु प्रधानमन्त्री ओलीले भने।

प्रकाशित : २० चैत्र २०७५, बुधबार ००:००