२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

प्रविण बेडवाल र एलिना चौहानको फूल राम्रो सार्वजनिक



काठमाडौँ । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत फूल राम्रो सार्वजनिक भएको छ ।

गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।
अनिल के सीको प्रस्तुती रहेको ुफूल राम्रोुगीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको आफ्नो मन च्यानलले निर्माण गरेको हो । भिडियोलाई सार्वजनिक भएको केहि समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार ००:००