२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

ग्लोबल

पार्टी छोड्ने सवै अवसरवादी हुन् : सोनिया गान्धी


२७ भाद्र २०७६, शुक्रबार ००:००

0
Shares

नयाँ दिल्ली, २६ भदौ । भारतीय राष्ट्रिय काँग्रेसकी नेतृ सोनीया गान्धीले पार्टी परित्याग गर्नेलाई अवसरवादीको संज्ञा दिएकी छिन् ।

पछिल्ला केही महिनादेखि पार्टी परित्याग गर्नेहरूको संख्या बढिरहेका बेला उनले यस्तो टिप्पणी गरेकी हुन् ।

पार्टीका नेता तथा सांसदहरूसहितको कार्यक्रममा पार्टीको सिद्धान्त बुझेर वा मन परेर आबद्ध हुनेहरूभन्दा स्वार्थका लागि आबद्ध हुनेहरू पार्टीका लागि चुनौति भएको उनको भनाई थियो ।

“हाम्रो पार्टीको मुल्य मान्यताहरू संकटमा परेका छन्, यसबाट हामी चाँडै सतर्क हुन सकेनौँ भने पार्टी अफ्ट्यारोमा पर्दछ,” उनले भनिन् ।

मुल्य मान्यतामा अडिग रहने र स्वार्थी चिन्ने अहिले राम्रो मौका भएको गान्धीले बताइन् । मुल्य मान्यतासहित आएकाहरुले मात्रै देशलाई फाइदा हुने उनको भनाई छ ।

“केही नेता कार्यकर्ताहरुले हालै हाम्रो पार्टी छाडेको घोषणा गरेका छन्, त्यसले उनीहरु अवसरवादी थिए भन्ने पुष्टी हुन्छ,” गान्धीले भनिन् ।
-एजेन्सीको सहयोगमा

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार ००:००