
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । सिंहदरवारस्थित आज बजेको मन्त्री परिषदको बैठकले भट्टराईलाई नियुक्ती गरेका हुन । आज अपरान्ह ४ वजे नवनियुक्त भट्टराईलाई सपथ खुवाउने कार्यक्रम तय भएको जनाएको छ । तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उक्त मन्त्रालय रिक्त रहेको थियो । यससंगै चुनावताका भट्टराईलाई मन्त्री बनाउने भनेर मन्त्री नदिंदा आलोचना खेप्दै आएका प्रधानमन्त्रीले यस आलोचनाबाट अबभने मुक्त बनेका छन ।
प्रतिक्रिया