१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

छिमेकीको लाइसेन्स प्राप्त हतियारबाटै गोली प्रहार



काठमाडौं १४ साउन। पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा प्रहरीले छिमेकीलाई पूर्वइञ्जिनियर शुभांकर खनाललाई अनुसन्धानको दायरामा लिएको छ । उनलाई अहिले महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याइएको छ।

प्रहरीका अनुसार खनालको साथबाट दुई थान हतियार र ५० राउण्ड गोली बरामद भएको छ । तर, ती हतियार भने लाइसेन्स रहेको छ ।
दूर्घटनावश गोली चलेको हुनसक्ने प्रारम्भिक अनुसन्धानल देखाएको छ। खनालको हतियारबाट गोली चलेको हो, होइन भन्ने चाहिँ वैज्ञानिक जाँचबाट मात्र खुल्छ ।

पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार

प्रकाशित : १४ श्रावण २०७६, मंगलबार ००:००