१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

मुख्य खबर

भरुवा बन्दुक सार्वजनिक



जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बरामद गरेका २६३ थान हतियार शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलगायत । तस्बिरः सन्तोष पुर्कुटी

लिम्बू समुदायले तीव्र विरोध गरेपनि स्थानीय प्रशासनले गाउँघरमा रहेको भरुवा बन्दुक जफत गर्ने कार्य जारी राखेको छ । हालै ताप्लेजुङ जिल्लाको विभिन्न गाउँघरबाट जफत गरिएको भरुवा बन्दुक प्रशासनले सार्वजनिक गरेको छ । यस प्रकारको भरुवा बन्दुक संकलनले लिम्बू जातिको परम्परा एवं संस्कृतिमाथि राज्यले ठाडो हस्तक्षेप भएको भन्दै लिम्बूजन्य संघसंस्था लगायत बुद्धिजिवीहरुले विरोध गर्दै आएका छन् । लिम्बू जातिको विवाह,मृत्यु एवं विभिन्न शुभ उत्सवको अवसरमा भरुवा बन्दुक पड्काउने चलन परम्परागत रुपमा रही आएको छ । प्रशासनले शान्ति सुरक्षामाको नाउँमा यसरी भरुवा बन्दुक जफत गर्नु प्रथाजनित कानुन विपरीत भएको भन्दै लिम्बू जातिले यसको सशक्त विरोध गर्दै आएका छन् ।

प्रकाशित : २७ असार २०७६, शुक्रबार ००:००