९ कार्तिक २०८१, शुक्रबार । October 26, 2024

मुख्य खबर

प्रदेश एकमा आधुनिक शिक्षा र स्वास्थ्य: मुख्यमन्त्री राई




बाल्टिमोर, अमेरिका । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमेरिकामा पढाई हुने आधुनिक अनलाईन शिक्षा नेपालमा भित्र्याउन नेपाल सरकारसंग आवश्यक परामर्श भइरहेको बताएका छन् ।

बाल्टिोरमा जारी नेपाली नेशनल कन्भनसनले आज आयोजना गरेको “आजको टेक्नोलोजी ट्रान्सफर्मेसन इन नेपाल” बिषयक गोष्ठीलाई संबोधन गर्दै यस्तो बताएका हुन् । यस खाले शिक्षा प्रदेश नं १ बाट शुरु गर्ने समेत बताए । नेपालमा डिजीटल प्रबिधिमा आधारित शिक्षा र स्वास्थ्य सेवालाई लागु गर्न अमेरिकामा रहेका नेपाली र दातृ निकायहरुबाट तयारी भइरहेको समते आजको औपचारिक सेसनमा थाहा पाएको पनि बताए । मुख्यमन्त्री राईले उक्त कुराको स्वागत गर्दै नेपाल पुगेर प्रधानमन्त्रीज्युसंग छलफल गरी कार्यान्वयनमा लैजाने बताए । उनले भने तपाईहरुको आवश्यक श्रोत र प्रबिधी सहितको सहयोगलाई हार्दिक स्वागत गर्न चाहन्छु । प्रदेश नं १ बाट लागु गर्नका लागी सबै कुराको ग्यारेन्टी गरिने हुन्छ ।
कार्यक्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूतद्वय पिटर बोडे र डा. जिम ईटरले अमेरिकन शिक्षा प्रणाली र डा। अनिल सुवासलले सुलभ स्वास्थ्य सेवा बारे प्रस्ट्याएका थिए ।

प्रकाशित : २१ असार २०७६, शनिबार ००:००