
१८ असार । भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ पुगेको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । ९४ जना मानिसहरु घाइते रहेको द हिन्दु डटकमले जनाएको छ । करीब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त रहेको छ । अबिरल वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करीब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको मङ्गलबार नै जानकारी दिइएको थियो ।?दचश्र?रउश्र
?१(( रधउस्उबचबनचबउज ((श्र
प्रतिक्रिया