१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

ग्लोबल

जातिय समस्या भारतीय संस्कृतिको उपज : अशोक राई



न्युयोर्क । संघीय समाजवादी पार्टीका नेता अशोक राईले मार्कसको किताव कम्युनिष्टको लागि अपुरो भएको बताएका छन् । अमेरिकाको भ्रमणमा रहेका राईले न्युयोर्कमा आयोजित एक सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।


आफुले ४० वर्ष कम्युनिष्ट पार्टीमा समय विताउँदा धेरै कम्युनिष्ट सम्बन्धि किताब अध्यायन गरेको र मार्कसको विचारलाई पुरा गर्न लेनिनले सहयोग गरेको बताए । उनले जातिय आधारमा युरोपमा १८औं शताब्दिमा राज्यहरु बनेको बताउँदै त्यहाँ जातिय राज्य भएपनि खास जातिय समस्या नभएको बताए । त्यहाँ चरम वर्गिय समस्या भएकाले मार्कसले त्यही ढंगबाट वर्गिय मुक्तिको लागि मात्र सिद्धान्त अपनाएको बताए । यदि मार्कस भारतमा जन्मिएको भए उनले जातिय मुक्तिका लागि चुपलागेर बस्ने थिएनन् , भने । मन्तब्यको क्रममा भारतको जातिय समस्याले नेपालमा प्रभाव पारेको नबताएपनि उनले नेपाली समाजमा त्यहीखाले समस्याले सताएको उनको आसय थियो ।
समाजवादी पार्टीले जातिय मुक्तिको सवाल उठाईरहँदा एक खाले नेपाली समाजले मानिसको दुईवटा मात्र जाती स्त्री र पुरुष मात्र रहेको भनेर भ्रम फैलाईरहेको बताए । स्त्री र पुरुष जाती नभएर लिङ्ग पहिचान मात्र रहेको बताउँदै भ्रममा नपर्न आग्रह गरे । उनले भने, त्यही जातिय समस्या हल गर्नका लागिनै अहिले संघीय समाजवादी पार्टी नेपाल गठन भएको बताए । उनले अन्य धेरै विषयमा मन्तब्य राख्दा करिव १ घण्टा २० मिनेट खर्चिएका थिए ।
नेपाली समाज अमेरिकाको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शुसिला श्रेष्ट र अन्य विभिन्न बक्ताहरुले समेत मन्तब्य राखेका थिए । आयोजक संस्थाका अध्यक्ष समिर महर्जनको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रकाशित : १८ असार २०७६, बुधबार ००:००