२८ असार २०८२, शनिबार । July 12, 2025

Uncategorized

जिप दुर्घटनामा यात्रु बेपत्ता भएको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त



नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मङ्गलबार एक विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुभएको छ । साथै पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराउनुभएको छ ।

प्रकाशित : ४ असार २०७६, बुधबार ००:००