काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पेटमा स्वास्थ्य समस्या भएपछि उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन् ।
उपचारका लागि बुधबार राति सिङ्गापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
लामो समयदेखि पेटसम्बन्धी स्वास्थ्य समस्या झेल्दै आइरहेका देउवाले सिङ्गापुरको माउण्ट एलिजावेथ अस्पतालमा स्वास्थ्य जाँच गराउँदै आएका छन् । चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । देउवाका साथ पत्नी आरजू राणा पनि सिङ्गापुर प्रस्थान गरका छन् । देउवा जेठ १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया