२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

खेलकुद

म्यानचेस्टर सिटीले उचाल्यो ईङ्लिश प्रिमियर लिगको उपाधि



म्यानचेस्टर सिटीले लगातार दोस्रो सिजन इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

लिभरपुललाई एक अंकले पछि पार्दै सिटीले उपाधि जितेको हो । ३८ खेलबाट सिटीको ९८ तथा लिभरपुलको ९७ अंक भएको छ ।

आइतबार राति भएको सिजनको अन्तिम खेलमा अवे मैदानमा ब्राइटनलाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि पक्का गरेको हो ।

हिजोको खेलमा पहिलो अग्रता भने ब्राइटनले लिएको थियो। खेलको २७ औँ मिनेटमा ग्लेन मुरेले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।

ब्राइटनको सो अग्रता १ मिनेट पनि टिकेन।

सर्जियो अग्युरोले म्यानचेस्टर सिटीका लागि २८ औं मिनेटमै बराबरी गोल गरे । सो अग्रतालाई म्यानचेस्टरले ३८ औँ मिनेटमा दोब्बर पार्‍यो। सो गोल गोल इमरिक लेपोर्टले गरेका थिए।

पहिलो हाफ २\१ को नतिजामा सकेको म्यानचेस्टरले दोश्रो हाफामा थप दुई गोल गर्‍यो। उसका लागि ती गोल रियाद महरेजले ६३ र इल्कायी गुन्डोगानले ७२ औँ मिनेटमा गोल गरे।

जितसँगै म्यानचेस्टर सिटी पछिल्लो १० वर्षमा लगातार दुई सिजन प्रिमियर लिगको उपाधि जित्ने पहिलो टिम पनि बन्यो । १० वर्षअघि पनि म्यानचेस्टर युनाइटेडले लगातार उपाधि जितेको थियो ।

प्रकाशित : ३० बैशाख २०७६, सोमबार ००:००