काठमाडौँ, १२ साउन । यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार ‘नागरिक दैनिक’ पत्रिकाकी रुवी रौनियार तथा ‘एडुखबर डट कम’का सम्पादक श्रीधर पौडेललाई प्रदान गरिने भएको छ ।
‘शिक्षालय’ नामक पत्रिका तथा ‘आजको आवाज मिडिया’ले संयुक्त रुपमा उहाँहरुलाई प्रदान गर्ने पुरस्कारको राशि जनही रु पाँच हजार रहनेछ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेशनल एजुकेशन अवार्डका अध्यक्ष श्याम तण्डुकारले शिक्षा क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले शिक्षा पत्रकार तथा शिक्षा क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई समेटेर निर्णायक समिति गठन गरी त्यसको सिफारिशका आधारमा पुरस्कार दिन लागिएको जानकारी दिनुभयो ।
यसैगरी २०७३ सालको एसइई परीक्षामा सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई रु २५ हजार राशिको वाइवाइ ज्ञानोदय पुरस्कार प्रदान गरिने जनाइएको छ । यही साउन १६ गते दिइने सो पुरस्कारका साथ १२ विधामा विद्यालय तथा विद्यार्थीलाई सम्मानसमेत गरिने छ ।
प्रतिक्रिया