गत असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्र्तगत पाँचथर जिल्लाबाट विभिन्न पदमा उम्मेदारी दिने चार सय आठ जनाको जमानत जफत भएको छ ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरले दिएको जानकारी अनुसार ७ गाउँपालिकाका २४ अध्यक्ष १९ उपाध्यक्ष, एक नगर पालिकाका ४ मेयर ४ उपमेयर, र जिल्ला भरका एक सय चार वडा अध्यक्ष, एक सय ५१ वडा सदस्य ६८ महिला सदस्य र ३२ दलित महिला सदस्यको समेत जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयल पाँचथरका प्रमुख ध्रुर्बकुमार राईले बताए ।
प्रमुख राईका अनुसार कुल खसेको सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदारको जमानत जफत हुने व्यबस्था अनुरुप ती उम्मेदवारको जमानत जफत भएको राईले बताए ।
९ श्रावण २०७४, सोमबार ००:००
0
Shares
प्रतिक्रिया