रसुवा, २० असार । अस्ट्रेलियाली राजदूत पिटर बडले आज यहाँको भ्रमण गरी अस्ट्रेलियाली सहयोगमा मेडेप नेपालमार्फत सञ्चालित प्राकृतिक स्रोत, द्वन्द्व रुपान्तरण कार्यक्रमले गरेका गतिविधिको अनुगमन गर्नुभएको छ ।
राजदूत बड नेपाल आएपछि पहिलो पटक रसुवाको भ्रमणमा आउनुभएको हो । रासससँग कुराकानी गर्दै उहाँले आगामी दिनमा स्थानीय सरकार सबलीकरण कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । भ्रमण टोलीमा नेपालका लागि अस्ट्रेलियाली सहयोग विभाग प्रमुख एनले हेमिङको समेत सहभागिता थियो ।
प्रतिक्रिया