काठमाडौँ, २० असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले बाढीपहिराबाट देशका विभिन्न भागमा जनधनधको क्षति भइरहेकाले रोकथामका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
वर्षा र भूमण्डलीय तापमानका कारण सप्तरी, सिन्धुपाल्चोक, धादिङ, कास्कीलगायत जिल्लामा बाढी, पहिरो, भारतीय बाँध, अतिवृष्टि र खण्डवृष्टिका कारण स्थानीयवासी प्रभावित हुनुपरेकाले व्यवस्थित बस्ती प्रणाली स्थापना गरी पीडितलाई उचित क्षतिपूर्ति दिन उहाँहरुको माग थियो ।
उहाँहरुले तराईका सीमावर्ती क्षेत्रमा भारतीय बाँध थुनिँदा नेपाली भूभाग जलमग्न भएकाले नेपाल सरकारले कूटनीतिक पहलबाट भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सभामुखसँग समय लिएर नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत र तेजुलाल चौधरी, नेकपा (एमाले) का कृष्णभक्त पोखरेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद् डिलबहादुर नेपालीले ती विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिक्रिया