३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

मानव अधिकार उल्लङ्घनका ३१४ मुद्दा कारबाहीका लागि सिफारिस



काठमाडौँ, १९ असार । राष्ट्रिय मानवअधिकार आयोगले मानवाधिकार उल्लङ्घनका गम्भीर प्रकृतिका ३१४ मुद्दा कारबाहीका लागि सिफारिस गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा यही असार दोस्रो सातासम्म देशभरबाट आयोगमा ३७९ मुद्दा उजुरी परेको जानकारी गराइएको छ । चालु आव (२०७३÷०७४) तथा अघिल्लो वर्ष मौज्दात रहेका मुद्दासमेत गरी ४३९ वटा अनुसन्धान गरिएको आयोगले जनाएको छ ।

मानवअधिकारसम्बन्धी प्राज्ञिक उन्नयनका लागि तालिम प्रतिष्ठान स्थापनाका गर्नका लागि जग्गा उपलब्ध गराउन सरकारलाई पत्राचार भइरहेको छ । आयोगबाट स्थानीय तह निर्वाचन अनुगमन, तराई मधेस आन्दोलन अनुगमन र भूकम्प प्रभावितको अवस्था अनुगमन गरिएको छ ।

चालु आवमा विनियोजित रु दुई करोड ६० लाखका विभिन्न कार्यक्रममार्फत ९० प्रतिशत खर्च भएको छ । आगामी आव (२०७४÷०७५)मा रु पाँच करोड सात लाख सरकारबाट स्वीकृत भएको जनाइएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवाधिकारको अवस्था अनुगमन तथा संरक्षण गरी नागरिक अधिकारका क्षेत्रमा सहयोग गर्ने र सामाजिक न्याय स्थापनाका लागि आयोगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : १९ असार २०७४, सोमबार ००:००