काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज बोलाइएको दिउँसो ११.११ बजे बोलाइको बैठक स्थगित भएको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको राष्ट्रिय सभा विशेष कारणवश मंगलबार बोलाइएका छन् ।
बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर जानकारी गराएका छन् ।
संघीय, नेपाल
संघीय संसद राष्ट्रिय सभा
सूचनापत्र – १
२०८० जेठ २३ गते मङ्गलबार
बैठकको दिन र समय परिवर्तन सम्बन्धी सूचना
मिति २०८० साल जेठ २३ गते मङ्गलबार बिहान ११ : ११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११:११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
( डा. भरतराज गौतम) संघीय संसदको महासचिव
प्रतिक्रिया