१५ चैत्र २०८०, बिहिबार । March 28, 2024

मुख्य खबर

कपिलवस्तुको हिलवर्टले पायो अन्तर्राष्ट्रिय उपाधि



कपिलवस्तु, १६ भदौ । कपिलवस्तुको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले जिल्लामै पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हासिल गर्न सफल भएको छ ।

भारतको लखनउस्थित सिटी मन्टेश्वरीले आयोजना गरेको प्रतियोगितामा ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम लेखाउन सफल मन्टेश्वरीमा भएको चार प्रतियोगिता लिग अफ नेसन, क्याल्डिसकोप, एक्स्प्रेसिभ र पोष्टर मेकिङमध्ये लिग अफ नेसनलको उत्कृष्ट १० मा पर्दै कपिलवस्तुको वाणगंगा–२ पिपरामा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले “मस्ट अफेवल अन्तर्राष्ट्रिय अवार्ड” पाएका छन् ।

हालै सम्पन्न सो प्रतियोगितामा विश्वका करिब ८६ टिम सहभागी रहेका थिए । श्रीलंका, कतार, बंगलादेशलगायतका देशका प्रतिस्पर्धीलाई पछि पार्दै मस्ट अफेबल अन्तर्राष्ट्रिय अवार्डको पुरस्कार पाउन सफल भएको विद्यालयका सहप्राचार्य केदार ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्र निर्मलकुमार अर्याल र कक्षा ८ मा अध्ययनत छात्र सम्राट घिमिरेको समूहले सहभागिता जनाएको थियो । सो विद्यालयले नेपालले दिगो विकासमा भोगेका समस्यालाई उठान गरेको थियो ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००