२७ बैशाख २०८२, शनिबार । May 10, 2025

समाचार

५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु



काठमाडौं ।   सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको बताइएको छ ।

प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् ।

हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००