९ बैशाख २०८२, मंगलबार । April 23, 2025

समाचार

नारायणकाजी श्रेष्ठ : प्रतिनिधि सभा सुचारूको लागि संघर्ष हो


२० माघ २०७७, मंगलबार ००:००

0
Shares


काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को ‘प्रचण्ड – नेपाल’ समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान कायम गर्नका लागि हाल संघर्ष गरिरहेको बताएका छन्।
संघर्षमार्फत संविधान कायम भएपछि प्रतिनिधि सभा स्वतः सुचारू हुने उनको भनाइ छ।

फेसबुक लाइभमार्फत उनले आज भने, “संविधानलाई हत्या गर्ने र जनताको परिवर्तनलाई उल्ट्याउन चाहने कुनैपनि कदमलाई नेपाली जनताले परास्त गर्नेछ र जनताल परास्त गर्ने भनेपछि संविधान स्वतः कायम हुन्छ र संविधान कायम हुनासाथ प्रतिनिधि सभा स्वतः सुचारू हुने कुरा स्पष्ट छ।”
उनले प्राप्त उपलब्धिहरू संस्थागत भएको संविधान हर हालतमा रक्षा गरिने बताएका छन् ।
नेकपाको ‘प्रचण्ड – नेपाल’ समूह पुस ५ मा सरकारले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि भन्दै मध्यावधि निर्वाचन घोषणा गरिएपछि आन्दोलनमा छ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००