९ बैशाख २०८२, मंगलबार । April 23, 2025

Breaking

सिन्धुपाल्चोकको ११ किलोमा बस दुर्घटना, २० जना घाइते


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ ।  लामोसाँघु – जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर – ६ को ११ किलो भन्ने स्थानमा बस दुर्घटना भएको छ।

बसमा सवार २० जना घाइते भएका छन्। घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताएका छन् ।।

बाँकी १७ जनाको सिन्धु सदावहार अस्पताल खाँडीचौरमा उपचार भइरहेको घिमिरेले बताए। उनका अनुसार घाइते भएका सबैको अवस्था खतरामुक्त रहेका छन्।

आज दिउँसो अन्दाजी १ ः ४० बजे सडकमै रोलवालिङ यातायातको बा ३ ख २७७९ नम्बरको बस पल्टिएको हो। उक्त बस दोलखादेखि काठमाडौंतर्फ जाँदै गरेको प्रहरी निरीक्षक घिमिरेले जानकाारि दिएका छन् ।।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००