
ह्युस्टन, १६ असार (रासस -सिन्ह्वा) – अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार आइतबार बिहान ९ः१० मा भएको यस दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ । अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् ।
प्रतिक्रिया