२७ असार २०८२, शुक्रबार । July 11, 2025

मुख्य खबर

फिदिम बजारमा आगलागी




फिदिम । पाँचथर सदरमुकाम फिदिममा भिषण आगलागीभइरहेको छ । आगलागीबाट दुई घर नष्ट भएको छ भने तेस्रो घरमा आंशिक क्षति पुगेको छ । विहिबार मध्यदिउँसो आगलागी सुरु आगालागी सुरु भएको हो ।


फिदिम बजारको मध्य भाग गणतन्त्र चोक नजिक भएको आगलागिबाट कर्ण मगर र दुर्गा मगरको घर नष्ट भएको छ । पाँचथर गेष्ट हाउस रहेको घरमा पनि क्षति भएको छ ।
आगो नियन्त्रण गर्न फिदिम नगर पालिकाको दमकल प्रयोग गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय बासीले आगो नियन्त्रण प्रयास गरिरहेको पत्रकार गणेश साम्पाङले बताए । आगलागि हुनुको कारण र क्षति विवरण भने आइसको छैन ।

प्रकाशित : २३ जेष्ठ २०७६, बिहिबार ००:००