१२ फाल्गुन २०८१, सोमबार । February 25, 2025

मुख्य खबर

दुई अर्ब राजश्व संकलन



भद्रपुर, ९ साउन । आन्तरिक राजश्व कार्यालय भद्रपुर, झापाले आर्थिक वर्ष २०७३÷७४ मा रु दुई अर्ब तीन करोड १५ लाख ८० हजार राजश्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु एक अर्ब ७९ करोड ६५ लाख ४७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २३ करोड ५० लाख ३३ हजार राजश्व बढी संकलन भएको कार्यालय प्रमुख निर्मल ढकालले जानकारी दिनुभयो ।

आयकरतर्फ रु ९९ करोड ८९ लाख ४९ हजार, बहाल करतर्फ रु पाँच करोड ९१ लाख १४ हजार, ब्याजकरतर्फ रु छ करोड ८६ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ६१ करोड ७३ लाख १२ हजार, अन्तःशुल्कतर्फ रु २३ करोड ७३ लाख ७५ हजार, स्वास्थ्य सेवा करतर्फ रु तीन करोड ८६ लाख ३६ हजार र शिक्षा सेवा करतर्फ रु एक करोड १५ लाख १५ हजार राजश्व संकलन भएको छ ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार ००:००