१२ मंसिर २०७८, आइतबार । November 29, 2021

खेलकुद

मिनी म्याराथुनमा सेनाका न्यौपाने विजेता



बँेसीसहर (लमजुङ), २४ फागुन । सदरमुकाम बँेसीसहरमा आयोजित मिनी म्याराथुन प्रतियोगितामा नेपाली सेनाका राजेन्द्र न्यौपानेले उपाधि जितेका छन् ।
जिल्लास्थित कृषक जागरण बचत तथा ऋण सहकारी संस्था (साकोस)को उत्सव महिनाका अवसरमा आयोजित प्रतियोगितामा पशुपतिप्रसाद गणका सेनानी न्यौपाने प्रथम भएका हुन् ।
आज बिहान भएको प्रतियोगितामा उदिपुरदेखि बँेसीसहर बजारसम्मको ६ किमी दूरी २३ मिनेट १२ सेकेन्डमा पूरा गरी उहाँ प्रथम हुनुभएको हो । न्यौपाने गत वर्ष आयोजित प्रतियोगितामा पनि विजेता भएका थिए।
४१ जनाको सहभागिता रहेको सो प्रतियोगितामा पशुपतिप्रसाद गणकै चन्द्रबहादुर सुनुवार २४ मिनेट २५ सेकेन्डमा दूरी पार गरी दोस्रो तथा गौँडाका आदित्य थापा मगर २४ मिनेट ३५ सेकेन्डमा दूरी पार गरी तेस्रो भएको छ ।
विजेतालाई प्रमाणपत्रसहित क्रमशः रु १५, १० हजार र रु ७ हजार नगद प्रदान गरिएको साकोसका खेल संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
साकोसले हरेक वर्ष फागुन महिनालाई उत्सव महिनाका रुपमा मनाउँदै आएको छ । सो अवसरमा निःशुल्क स्वास्थ्य शिविर, सहकारी मिडिया मैत्रीपूर्ण फुटबल प्रतियोगिता, २५ भन्दा बढी विद्यालयमा पाठ्यसामग्री वितरण, विविध साँस्कृतिक कार्यक्रमलगायत आयोजना गरिएको थियो ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलबार