२३ मंसिर २०७८, बिहिबार । December 9, 2021

अर्थ

सौराहामा माघ २९ देखि फुड फेस्टिबल



चितवन, १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ ।

सौराहामा आइतबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल ९क्षेत्रीय रेवान० ले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर गरिने खाना महोत्सव फागुन ४ गतेसम्म चल्ने महोत्सवका संयोजक नरेश गिरीले जानकारी दिए ।

प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारासहित आयोजना हुन लागेको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खानासहित स्थानीय थारु समुदायको परिकार राखिने बताइएको छ ।

महोत्सव अवधिभरमा रेस्टुराँ तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीद्वारा ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ ।

महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने अध्यक्ष भट्टले जानकारी दिए।

प्रकाशित : १७ माघ २०७३, सोमबार