१२ मंसिर २०७८, आइतबार । November 29, 2021

Slider samachar

सिन्धुपाल्चोकको थाङ्पालकोटलाई ‘अलैँची’को पकेट क्षेत्र घोषणा



Cordimum

मेलम्ची, १५ माघ । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरियो ।

जिल्ला कृषि विकास कार्यालय र टालटुलेश्वरी लघु उद्यमी समूह थाङ्पालकोटद्वारा आयोजित घोषणा कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले अलैँची खेतीे निकै विस्तार भएका कारण थाङ्पालकोटलाई अलैँची पकेट क्षेत्र घोषणा गरेकोे बताए।
उक्त गाविसमा विगत १० वर्षदेखि अलैँचीखेती हँुदै आएको लघु उद्यमी अलैँची समूहका अध्यक्ष दोगदोग तामाङले बताए ।
थाङ्पालकोटमा अलैँची उत्पादन फस्टाउनुका साथै यसको उत्पादनमा क्रमिक वृद्धि भइरहेको यहाँका कृषकले बताएका छन् । उक्त गाविसका धेरै कृषक अलैँची उत्पादनबाट आत्मनिर्भर बनेका छन् ।
थाङ्पालकोटमा मात्रै ९०० रोपनीमा अलैँचीखेती भइरहेको छ । यस जिल्लाका बरुवा, चोकटीलगायतका ठाउँमा समेत अलैँचीखेती हुँदै आएको छ ।
विगत वर्षको तुलनामा यो वर्ष अलैँचीको भाउ घटेको यहाँका किसानले बताएका छन् ।

प्रकाशित : १५ माघ २०७३, शनिबार